आज बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको विशिष्ट आतिथ्यमा विराटनगर महानगरपालिका वडा नं. १२,१३,१४,१५,१६,१७ र १८ मा रहेका अल्पसंख्यक समुदायका विपन्न, गरिब, ज्येष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरू समेत २ सय जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको थियो ।
इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधि, संचारकर्मीहरु, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक छेदीलाल कामती, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।