Aamsanchar

 खुदुनवारी  स्वास्थ्य चौकीमा सेवाग्राही बढदै

Author Image
शुक्रवार, पौष २०, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा–३ स्थित खुदुनाबारी स्वास्थ्य चौकीमा कार्यालय प्रमुख डम्बर बल्लभ मिश्रले सेवा दिन थालेसँगै उक्त स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामी सयौँको सङ्ख्यामा वृद्धि भएको छ । वडाबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन वडाले यसै साताबाट आफ्नै स्रोतबाट जनता औषधी सेवा प्रारम्भ गरिसकेको छ ।

स्वास्थ्य चौकी प्रमुख डम्बर बल्लभ मिश्रको अगुवाइ र वडाअध्यक्ष सिताराम भट्टराईको पहलमा वडाको बजेटले सुरुवात गरेको जनता औषधी कार्यक्रम अर्जुनधारा नगरपालिकाको रातो किताबमध्येको जनमुखी कार्यक्रम भएको बताइएको छ । जनता औषधी कार्यक्रमका लागि ५ लाख रकम लिएर सुरुवात गरिएको हो ।

वडाबासीलाई प्रत्यक्ष सेवा दिने गरी सञ्चालनमा ल्याएको जनता औषधी कार्यक्रमबाट २० देखि ५० प्रतिशत सम्म छुटका १०० प्रकारका औषधीमा सेवाग्राहीलाई उपलब्ध हुने   प्रमुख मिश्रले जानकारी दिए । खुदुनाबारी स्वास्थ्य चौकीमा आफ्नु योजनाअनुसार २ वर्षमात्र काम गर्न अवसर पाएमा ५० लाख चौकीलाई मुनाफामा लैजाने लक्ष्य बनाएको प्रष्टाए । आफूले जिम्मेवारी सम्हाल्दा १९ हजार साना किसान कृषि सहकारी संस्था खुदुनाबारीमा रहेको र हाल २ लाख ३५ हजार ३ सय ३ रुपैयाँको कोष वृद्धि भएको समेत उनले बताए ।

यो साविक खुदुनाबारीमा रहेका मध्ये सबैभन्दा पुरानो संस्था हो । वि.स. २०६४ सालमा स्थापना भएको यस चौकीमा आ.ब. २०७७÷७८ मा २५ सय, आ।ब। २०७८/७९ मा ३५ सय र आ।ब।२०७९/८० मा ४८ सय बिरामी उपचारका लागि आउने सरकारी संस्था हो । गत आ.ब. २०७९/०८० को फागुन २ गते प्रमुख मिश्रले कार्यालय प्रमुख भएर जिम्मेवारी समालेसँगै मासिक ४ सय बिरामी आउँदै गरेकोमा अहिले सरदर १२ सय बिरामी उपचारकाका लागि आउने गरेको इन्चार्ज मिश्रले जानकारी दिए ।   ’जाडोयाममा पनि मासिक १२ सय जना बिरामी आउनुको प्रमुख कारण गुणस्तरीय सेवा र मिश्रको तथ्यांक भन्दा कामलाई प्रमुख प्राथमिकता दिएर अघि बढ्ने बानी हो।

देशको अनुकरणीय जनता औषधी कार्यक्रमले थप प्रचारप्रसार हुँदैछ । बिरामीको फ्लो अझै बढ्ने विश्वास छ ।’ उनले भने । यहाँ छाला, रुघाखोकी, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, रक्तचाप, सुगरलगायतका बिरामी धेरै आउने गर्छन् । यस्तै प्रसूति सेवा लिने महिलाको लागि पनि यस स्वास्थ्य चौकीले सेवा दिदैँ आएको छ । स्वास्थ्य चौकीमा अहिले २४ सैं घन्टा प्रस्तुती सेवा, ओपीडी, खोप, पोषण, क्षयरोग कुष्ठरोग सहित अन्य विविध स्वास्थ्य शिक्षाको कार्यक्रम सञ्चालनमा छन् । १३ जना स्वास्थ्य प्राविधिक रहनुपर्ने यस चौकीमा हाल २ कार्यालय सहयोगी सहित ७ जना रहेका छन् । जनशक्ति अभावको बावजुत पनि मिश्रले गुणस्तरीय स्वास्थ्य चौकीको सपना साकार पार्ने अनवरत रुपमा खटिरहेका छन् ।

आफ्नै गाउँठाउँमा सम्पूर्ण प्रकारका औषधी पाएसँगै  स्थानीय बासिन्दा खुशी छन् । स्थानीय सन्दिप पौडेलले स्वास्थ्य चौकीमा आधारभूत उपकरणहरू पनि व्यवस्थापन गर्न वडाको ध्यानाकर्षण गराए । जनता औषधी सेवा सुरु गरेर खुदुनाबारीमा राम्रो कामको प्रारम्भ गरेको बताउँदै उनले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा यसले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर