

बुटवल – जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय सिमानाकाबाट भन्सार छलेर ल्याइएका अवैध कुखुराका चल्ला र प्याज नियन्त्रणमा लिएको छ। मैनिहवा प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले शुक्रबार रोहिणी गाउँपालिका-७ लखनौतियाबाट बोइलर कुखुराको १ लाख ६८ हजार रुपैयाँ बराबरको ३५ कार्टुन चल्ला बरामद गरेको हो ।

बरामद गरिएका चल्ला पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय वेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरेको ८५ हजार मूल्य बराबरको २८ बोरा प्याज समेत प्रहरीले बरामद गरेको छ ।
Views: 112

