Aamsanchar

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

Author Image
सोमवार, पौष २३, २०८०

कास्की – पोखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा हिजो आठ जना पक्राउ परेका छन् ।

एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच म्याद थप गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो।

 

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर