हिजो जारी भएको विज्ञप्तिमा केन्द्रिय पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने मुद्दामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो । तर यस विपरित कोशी प्रदेशमा सभामुखको लागि उम्मेदवारी दिनु भएको छ । अतः निर्देशन समितिले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय समिति कार्यसमितिरकार्य सम्पादन समिति निर्देशन गर्दछ भनेर उल्लेख छ ।
केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीद्वारा हस्ताक्षर भएको विज्ञप्ति अनुसार राप्रपाबाट सभामुख बनेका विष्टले सभामुख पद त्याग गर्नुगर्ने हुनसक्छ ।