Aamsanchar

पाँचथर : ससुरालीमै गएर श्रीमानले गरे श्रीमतीको ह*त्या, सासु र छिमकी घाइते

Author Image
शुक्रवार, पौष २७, २०८०

झापा – गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

तुम्वेवा–४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा आएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए । खुकुरी हतियार प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि दमकतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राति ८ बजे घरायसी विवाद ससुराली घरमा मिलाउन छलफल भइरहेका बखत कुरुम्बाङले श्रीमती, सासु र छिमेकीलाई हतियार प्रहार गरेका थिए । विवादको विषय भने खुल्न बाँकी रहेको छ । कुरुम्बाङ घटनापछि फरार रहेकाले खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।२०७६ जेठ ५ गते मिक्लाजुङ–३ आरुबोटेमै एक व्यक्तिले ९ जनालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर