

नुवाकोट – माघे संक्रान्तिमा नुवाकोटको विभिन्न स्थानमा ४१ हल गोरु जुधाइने भएको छ। गोरु जुधाई मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

नुवाकोटको तारुकाको चन्दनीमा १७, बेत्रावतीमा नौ तथा पञ्चकन्यामा १५ हल गोरु जुधाउन दर्ता गरिएका छन् । तीनै स्थानमा विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तारुकाको चन्दनीमा जुधाइने गोरु दुई हजार रुपैयाँ पछि फिर्ता हुने गरी शुल्क लिइएको छ। गोरुको क, ख र ग वर्ग अनुसार पुरस्कार दिइने आयोजकले जनाएको छ।

गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाटसमेत सर्वसाधारण आउने गरेका छन्।
Views: 57

