

झापा – झापाको बाहुनडाँगीमा तरुललाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको छ ।

मेचीनगरको ४ नम्बर वडाले माघे संक्रान्तिको अवसर पारेर तरुल महोत्सवको आयोजना गरेको हो । बाहुनडाँगी जंगली हात्ती प्रभावित क्षेत्र भएकाले अन्नबाली हात्तीले नष्ट गर्न थालेपछि स्थानीयले तरुल खेती गर्न थालेका हुन् ।

बाहुनडाँगीमा घर तरुल, सिमल, सखरखण्ड, पिँडालु लगायतको खेती धेरै हुने गरेको छ ।


Views: 66

