Aamsanchar

बोक्सीको आरोपमा एक पुरुषको हत्या गरी फरार दुईजना पक्राउ

Author Image
शुक्रवार, माघ ५, २०८०

काठमाडौं –  बोक्सीको आरोपमा १५ वर्षअघि एक पुरुषको हत्या गरी फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। २०६५ साल असोज २९ गते काभ्रे जिल्ला शिखर आम्बोटे गाविस-१, (साबिक रोशि गाउँपालिका ३) स्थित चमार सिंह मगर भन्ने जनकबहादुर मगरलाई भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सीको आरोप लगाई कुटपिटपश्चात् हत्या गरी फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पुस २४ गते पक्राउ गरी २५ गते सन्तबहादुर मगरलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको थियो। यता, टंकबहादुर मगरको स्वास्थ्यमा समस्या आएका कारणले उपचार गरेर आज मात्रै आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

काठमाडौं स् बोक्सीको आरोपमा १५ वर्षअघि एक पुरुषको हत्या गरी फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। २०६५ साल असोज २९ गते काभ्रे जिल्ला शिखर आम्बोटे गाविस(१, ९साबिक रोशि गाउँपालिका ३० स्थित चमार सिंह मगर भन्ने जनकबहादुर मगरलाई भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सीको आरोप लगाई कुटपिटपश्चात् हत्या गरी फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पुस २४ गते पक्राउ गरी २५ गते सन्तबहादुर मगरलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको थियो। यता, टंकबहादुर मगरको स्वास्थ्यमा समस्या आएका कारणले उपचार गरेर आज मात्रै आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर