Aamsanchar

धार्मिक कथन अनुसार शनिबार गर्न नहुने पाँच काम

Author Image
शनिवार, माघ ६, २०८०

शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।

ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।

शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ –

१, शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

२, शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

३, शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

४, काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

५, आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)