काठमाण्डौ – सरकारले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाउने निर्णय गरेको छ । उहाँ राष्ट्रिय योजना आयोगका सहसचिवसमेत हुनुहुन्छ । काठमाण्डौ महानगरका यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरिएको छ ।
यसअघि स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबीच विवाद भएको थियो । अधिकारीको कार्यकक्षमा ताला समेत लगाइएको थियो । त्यसपछि अधिकारी बिदामा बस्नुुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 62