Aamsanchar

शर्मा परिवारद्वारा कनकाईको एक विद्यालयका ८३ बालबालिकालाई ट्राकसुट प्रदान

Author Image
आइतवार, माघ ७, २०८०

दुर्गापुर। झापाको कनकाई–१ प्रजापतिस्थिति पशुपति आधारभूत विद्यालयका ८३ जना विद्यार्थीलाई आइतबार न्यानो कपडा वितरण गरिएको छ ।
अर्जुनधारा–६ निवासी रामकृष्ण (रमेश) शर्मा, अनिता शर्मा तथा उनका छोराबुहारी डा। आशिष र निधिले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका हुन् ।

आइतबार विद्यालयमा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, दाताको तर्फबट अनिता शर्मा, सामाजिक अभियन्ता विनोद बस्नेत र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले न्यानो कपडा ट्राकसुट वितरण गरेका हुन् ।

बढ्दो चिसोमा विपन्न विद्यार्थीलाई उक्त न्यानो कपडाले विद्यालय आउन सहज हुने प्रधानाध्यापक खेम कार्कीले बताए । उक्त विद्यालयमा विपन्न समुदायका ८३ जना बालबालिका अध्ययनरत् छन् ।

विद्यालयका शिक्षक–अभिभावक संघ अध्यक्ष धनबहादुर मिजारको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक तरुण अधिकारीले गरेका थिए ।

नगर प्रमुख पोखरेल, एकका लागि एक अभियानका सहसंयोजक एवम् झापा गोल्डकपका अध्यक्ष बस्नेतले विपन्न बालबालिकालाई शर्मा परिवारले गरेको सहयोगको सराहना गरे ।

शर्मा परिवारको तर्फबाट उपस्थित अनिताले विपन्न बालबालिका अध्ययन गर्ने उक्त विद्यालयलाई आगामी दिनमा पनि थप सहयोग गर्ने बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)