Aamsanchar

झापामा बनभोज खान गएका बिच झडप

Author Image
सोमवार, माघ ८, २०८०

कनकाई  । झापाको कनकाई नगरपालिकामा पर्ने धनुषकोटी पर्यटकीय स्थलमा बनभोज खान गएका दुई समुहबीच झगडा हुँदा तीन जना घाईते बनेका छन ।

बिर्तामोडबाट आएको एक बनभोज समुह र अर्को समुह बिचमा नाचगान गर्ने क्रममा आज करिव साढे ५ बजे झगडा परेको थियो । एक अर्को समुहले खुकुरी निकालेर अन्धाधुन्ध प्रहार गर्दा बिर्तामोडका  तिन जना घाईते बनेको र घाइतेमध्ये उक जनाको अवस्था गम्भिर रहेको स्थानीयको भनाई रहेको छ । सो क्रममा मोटरसाइकल समेत तोडफोड भएको बताइएको छ ।

हाल सुरुङ्गा, बिर्तामोडका प्रहरीले उक्त स्थानलाई नियन्त्रणमा लिएका छन । हतियार प्रहार गर्ने समुहको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
3
+1
2
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर