Aamsanchar

एक्सेल डेभलपमेन्ट बैंकले हदैसम्मको कैफियत गरेको भन्दै राष्ट्र बैंकद्वारा कारवाही 

Author Image
मङ्गलवार, माघ ९, २०८०

बिर्तामोड । ग्लोबल बैंकको त्रुटीपूर्ण पत्रको कारण केन्द्रिय राजनीतिमा  खेलाबैला भईरहेको बेला यता झापाको बिर्तामोडमा रहेको एक्सेल डेभलपमेन्ट बैंकले अर्कै व्यक्तिको खातामा ऋण रकम पठाइ दिएको खुलासा भएको छ ।

हालै नेपाल राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा एक्सेलले हदैसम्मको मनपरी गरेको भन्दै त्रुटी ओलाएको छ । । राष्ट्र बैंकले हदैसम्मको कैफियत भेटेपछि एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही समेत गरेको जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको विभिन्न नियम, कानुन मिचेको भन्दै नगद जरिवानासहित एक्सेललाई कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा बैंकले सेयर कर्जा स्वीकृति गर्नुपूर्व सो सम्बन्धी फाइल नै अध्ययन नगरेको समेत पाइएको बताएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरुको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको साँवा ब्याज चुक्ता हुने आधार लगायतका विवरणहरुको विश्लेषण नगरेको पाइएको हो ।

त्यस्तै बैंकले ऋणको रकम सम्बन्धित कम्पनीका सञ्चालक, वा परिवारको सदस्यबाहेक असम्बन्धित व्यक्ति तथा संस्थालाई भुक्तानी भएको र कर्जा दुरुपयोग गरेको समेत राष्ट्र बैंकले जनाएको छ ।
नियामक केन्द्रीय बैंकका अनुसार निरीक्षणका क्रममा अन्य गम्भीर प्रकृतिका कैफियतहरु पनि देखिएको छ ।

बैंकमा यतिसम्मको मनपरी समेत देखिएको छ कि, सञ्चालक समितिले निक्षेपकर्ताको हितविपरीत काम गरेकोसमेत राष्ट्र बैंकको ठहर छ । सञ्चालक समितिले गरेका विभिन्न बदमासी केलाउँदै राष्ट्र बैंकले एक्सेललाई कैपि यतहरु सुधार्न अल्टिमेटमसमेत दिएको छ ।

हदैसम्मको बदमासी भेटिएपछि केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम संस्थाको सञ्चालक समितिलाई सचेत गराएको छ । नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतप्राप्त एक्सेल डेभलपमेन्ट बैंकमा डक्टर इन्द्रबहादुर कट्टेल प्रमुख कार्यकारी अधिकृत छन् भने महेन्द्रकुमार गोयल अध्यक्ष छन् ।

श्रोतः

अर्कैको खातामा रकम पठाएपछि एक्सेल डेभलपमेन्ट बैंक कारबाहीमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर