Aamsanchar

दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव शुरु

Author Image
मङ्गलवार, माघ ९, २०८०

बिर्तामोड-झापाको बिर्तामोडमा मंगलबारदेखि दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव शुरु भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा मंगलवारदेखि ३० गतेसम्म आयोजित दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । उनले व्यवस्थित रुपमामहोत्सव संचालन गर्न सबै लाग्न आग्रह गरिन् । जाति विशेषकाे मात्र नभएर सबै जुट्नु पर्ने बताइन् । सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव संचालन गरिएको हो ।  आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदका अध्यक्ष राजकुमार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , १० का वडाध्यक्ष दुर्योधन गुरुङ, विभिन्न जातीय संस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राखेका थिए । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।

त्यस्तै खेल तमासा , बाल उद्यान ,अटोमोबाइल्स , आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको बताइएकाे छ ।  आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको जानकारी छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । उद्घाटनअघि नगरका आदिवासी जनजातिहरुले बाजागाजासहित झाँकी प्रस्तुत गरिएको थियाे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर