![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2022/06/विनिमय-दर.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौ। नेपाल राष्ट्र बैंकले शरक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज एक पैसाले घटेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
जसअनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ । यसअघि बिहिबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो ।
यसैगरी आज ११ पैसाले बढेको छ । बिहिबार युरो एकको खरिदमा १४४ रूपैयाँ ४९ पैसा र बिक्रीमा १४५ रूपैयाँ १४ पैसा कायम गरिएको छ । बिहिबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको शुक्रबार खरिददर १६८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ९९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीदर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।