Aamsanchar

बलरागोठमा ग्यास सिलिण्डर विष्फोट, घरको छानो नै उड्याे

Author Image
शुक्रवार, माघ १२, २०८०

सर्लाही-सर्लाहीको बलरा नगरपालिका–४, बलरागोठमा शुक्रबार ग्यास सिलिण्डर विष्फोट हुँदा एउटा घरमा क्षति पुगेको छ । खाना पकाइरहेका बेला स्थानीय अख्तर हुसेनको घरमा ग्याँस सिलिण्डर विष्फोट भएर क्षति पुगेको हो । ग्यास सिलिण्डर विष्फोट हुँदा घरको छानो नै उडेको छ ।

प्रत्यक्षदर्शीले घरमा पुगेको क्षतिको अवस्था हेर्दा ठुलो दुर्घटना टरेको बताएका छन् । घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर विष्फोटबाट घरसहित घरभित्रका सरसामग्रीमा क्षति पुग्दा करिब १२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर