Aamsanchar

कटन क्याण्डी खाएमा देखिन्छ यस्ताे समस्या, अखाद्य रङभेटिएकाले नखान आग्रह

Author Image
शुक्रवार, माघ १२, २०८०

काठमाडौँ – कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालका अखाद्य रङ रोडामाइन वीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताए।

उनले खुला बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गरे।

विभागले अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्नरनगराउनसमेत सबैलाई अनुरोध गरेको छ।

‘कतै अखाद्य रङ प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री विवरण गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने व्यवहोरा सबैलाई जानकारी गराइन्छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ।

कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायले कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बताए।

उनका अनुसार कटन क्यान्डीले दाँतमा कीरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्छ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर