Aamsanchar

आचार्य कल्याण समाज मोरङको अध्यक्षमा पुनः पदम

Author Image
आइतवार, माघ १४, २०८०

विराटनगर । आचार्य कल्याण समाजको ११ औं साधरणसभाबाट पुनः पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारणसभाले २ वर्षे कार्यकालका लागि नयाँ समिति निर्माण भएको हो । २०६४ सालमा स्थापित कल्याण समाजको उपाध्यक्षमा जयधर्म आचार्य, शिव आचाई र दुर्गा रिजाल आचार्य चयन भएका छन् । सचिवमा ठाकुर प्रसाद आचार्य, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् ।

समाजको सदस्यहरूमा चक्रप्रसाद आचार्य, देवीप्रसाद आचार्य, गुणराज आचार्य, गोपाल आचार्य, लिलाप्रसाद आचार्य, मुरारी आचार्य, नारायण प्रसाद आचार्य (ए), नारायणप्रसाद आचार्य (बि), रोशन आचार्य, कालिप्रसाद आचार्य, विनिता भारती आचाईजानूका दाहाल आचार्य चयन भएका छन् । उक्त साधरणसभाले जिल्ला कार्यसमितिको सल्लाहकारमा १४ जनालाई चयन गरेको छ । जसमा जीवन आचार्य, चुडामणि आचार्य, बालकृष्ण आचार्य, भवकृष्ण आचार्य, मिन कुमार आचार्य, हरिप्रसाद आचार्य, गंगा प्रसाद आचार्य, शान्तिप्रसाद आचार्य, मिता आचार्य, हिराप्रसाद आचार्य, छत्रमणि आचार्य, अम्बिका प्रसाद आचार्य रहेका छन् ।

साधरणसभाले सबै पालिकाका आचार्य कल्याण समाजका अध्यक्षहरूलाई जिल्लाको पदेन सदस्य रहने निर्णय पनि गरेको छ । यस्तै आचार्य बन्धुहरूको हकहित र सांस्कृतिक सम्पदाहरूको संरक्षणको लागि कोष खडा गर्न आगामी २०८१ मङ्सिरमा वृहत महायज्ञ पुराण लगाउने निर्णय गरेको छ । अध्यक्ष पदम प्रसाद आचार्यले साधरणसभामा यसअघि भएका गतिविधि र आगामी योजना सहितको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सन्तोष आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । आवश्यक छलफलपछि दुवै प्रस्ताव सर्वसम्मतिले पारित भएको अध्यक्ष आचार्यले जानकारी दिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर