Aamsanchar

सुनचाँदीकाे मूल्य तीन दिनदेखि स्थिर

Author Image
आइतवार, माघ १४, २०८०

काठमाडौं –स्थानीय बजारमा सुनचाँदी तीन दिनदेखि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन पनि तीन दिनदेखि नै प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार हुँदै आएको छ ।

आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि बिहीबारदेखि नै यही मूल्यमा कारोबार हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर