

काठमाडौं – पोल्यान्ड पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय गिरिस विलास जोशीलाई पक्राउ गरेको हो।

उनले सुस्मिता थापालाई पोल्यान्ड पठाइदिन्छु भन्दै पटक/पटक गरी ६ लाख ठगी गरेका थिए। प्रहरीका अनुसार उनले पोल्यान्डको प्रतिष्ठित होटलमा वेटरको काम मिलाइदिने र मासिक दुई लाख तलब पाउने प्रलोभन देखाएका थिए।

त्यसका लागि प्रतिव्यक्ति ३० लाख लाग्ने उनले बताएको प्रहरीको भनाइ छ। प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

Views: 135

