

काभ्रे । बनेपा नगरपालिका-४ त्रिवेणीचोक बस्ने सविन नेपालीले सञ्चालन गरेको सुपर मार्केट भित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ४० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Views: 135

