Aamsanchar

सिम्रिक सहकारीद्वारा निचाझोडाका दुई सय चालीस ज्येष्ठ नागरिकलाई ब्लाङकेट वितरण 

Author Image
बुधवार, माघ १७, २०८०

बिर्तामोड ।  झापाको बिर्तामोड स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले न्यानो कपडा ब्लाङकेट वितरण गरेको छ ।
संस्थाले सामाजिक दायित्व अन्तरगत आज बिर्तामोड ७ स्थित शहीद नेत्र पार्कमा दुई सय ४० जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा ब्लाङकेट वितरण गरेको हो ।
बिर्तामोड वडा नं ७ कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा उक्त न्यानो कपडा वितरण गरेको छ ।

‘एक घर एक सदस्य अभियान, सिम्रिक सफलताको हाम्रो पहिचान’ भन्ने नारा बनाए र वित्तिय क्षेत्रमा क्रियाशील बन्दै एक अव्बल संस्थाको परिचय स्थापित गर्दै आएको सिम्रिक साकोसले यस वर्ष दोस्रो चरणमा न्यानो कपडा वितरण गरेको हो । यस अघि बिर्तामोड ६ का विपन्न ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिसकेको र आँउदो फागुन पहिलो साता पाँचथरमा पनि न्यानो कपडा वितरण कार्यक्रम गर्ने संस्थाका कार्यकारी निर्देशक कमलबहादुर बस्नेतले जानकारी दिए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा संघीय संसद्का सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि कोशी प्रदेशका सांसद एकराज कार्की, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईँ, सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले सिम्रिक साकोसले गरेको कामको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका कार्यकारी निर्देशक कमलबहादुर बस्नेत, स्वागत बिर्तामोड ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए ।

कोशी प्रदेशका चारवटा जिल्लाहरू झापा, मोरङ, इलाम र पाँचथरमा कार्यक्षेत्र रहेको सिम्रिक साकोसमा ६१ हजार शेयर सदस्यहरू रहेका छन् । संस्था स्थापना भएको १३ वर्षमा सिम्रिकको ३ अर्ब सम्मति बनाउन सफल भएको संस्थाका अध्यक्ष भट्टराईले आमसंचारलाई बताए ।

यस पटक सिम्रिकले २ लाख १६ हजार बराबरको खर्चमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
सिम्रिक साकोसले संस्था र सदस्य लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सदस्यका लागि चारवटा अस्पतालमा सुलभ उपचार सुविधा कार्यक्रमको लागि सम्झौता गरेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर