Aamsanchar

बक्राहा घाट निर्माण कार्य अन्तिम चरणमा

Author Image
बुधवार, माघ १७, २०८०

उर्लाबारी। उर्लाबारी नगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको बक्राहा घाटको शवदाह स्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मंगलबारबाट ढलाइ कार्य सुरु भएको हो ।

ढलान सम्पन्न भएपछि शवदाह स्थलको ८० प्रतिशत निर्माण कार्य पुरा हुने ‘बक्राहा विष्णु गंगा घाट’ संचालन समितिका उपाध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिए । उर्लाबारी नगरपालिकाले वृहत परियोजना अन्तर्गत क्रमागत बजेट छुट्याएर बक्राहा घाट निर्माणलाई तीब्रता दिएको छ । ढलान भएसंगै तीन स्थानमा शव जलाउने संरचना तयार हुने खतिवडाको भनाई छ ।

शवदाह स्थल निर्माणभए लगतै किरियापुत्री बस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा, प्रशस्त पार्किङ तथा पुलदेखि घाटसम्म पेवल विच्छ्याउने सहितको अत्याधुनिक बक्राघाट निर्माणको काम थालनी हुने नगर प्रमुख गंगाप्रसाद खरेलले बताए । खोला पश्चिमतर्फका बासिन्दालाई सहज हुने गरी झोलुङे पुलपनि बनाइने उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर