Aamsanchar

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Author Image
बिहिवार, माघ १८, २०८०

काठमाडौं –  स्थानीय बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
शुक्रवार, साउन ४, २०८१
सुनको मूल्य आज
बिहिवार, साउन ३, २०८१