Aamsanchar

सेयर बजार मापक नेप्से परिसूचक १४.५७ अंकले बढ्याे

Author Image
सोमवार, माघ २२, २०८०

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । नेप्से ०।७० प्रतिशतले बढेर २०७६.२७ को विन्दुमा पुगेको छ ।

यस दिन ३१० धितोपत्रका ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा किनबेच भएको छ ।

१३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चार उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.७८ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)