

काठमाडौं – बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार छुटेका छन् ।

प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित पक्राउ परेका कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई बुधबार छोडेको हो । उनीहरु १८ माघमा पक्राउ परेका थिए ।

सीआईबीले पुनः म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो । तर, अदालतले दुईदिन थुनामा राखेर अनुसन्धान गरेर अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएसँगै उनीहरुलाई सीआईबीले अहिले छोडेको हो ।

Views: 74

