Aamsanchar

एसियन कप फुटबलको फाइनल : आज कतार र इरान खेल्ने

Author Image
बुधवार, माघ २४, २०८०

काठमाण्डौ – एएफसी एसियन कप फुटबलको फाइनलमा पुग्न आज आयोजक तथा साविक विजेता टोली कतार र इरान खेल्दैछन् ।

दोस्रो सेमिफाइनलको खेल अल थुमामा मैदानमा नेपाली समयअनुसार राति पौने ९ बजे शुरु हुनेछ । आजको विजेता टोलीले उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

क्वाटरफाइनलमा कतारले उज्वेकिस्तान र इरानले जापानलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण कोरियालाई २ गोलले हराउँदै जोर्डन पहिलो पटक उपाधि नजिकै पुगेको छ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर