Aamsanchar

नेपाली हात्तीको याे फाेटाे विश्वकै उत्कृष्ट

Author Image
बिहिवार, माघ २५, २०८०

काठमाडौं – झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्वीरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ।

पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको यो तस्वीरसँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्वीरले अवार्ड जितेका छन्।

विजयी तस्वीरहरु मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो। ​ सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्वीर प्रतिष्पर्धामा थिए।

ती तस्वीरहरु विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।​ सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताका विजेताहरू अप्रिल १८ मा घोषणा गरिनेछ।

विजयी सबै तस्वीरहरु अप्रिल १९ देखि मे सम्म लन्डनको समरसेट हाउसमा हुने प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन्।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर