Aamsanchar

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम

Author Image
बिहिवार, माघ २५, २०८०

काठमाडौं – स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
स्वास्थ्यमन्त्री बस्नेतले डा. श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गरेका थिए ।

यसअघिका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले हटाएसँगै अहिलेको लागि निमित्त को जिम्मेवारी दिइएको हो । ‘निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ । आज मैले पत्र समेत बुझिसकेको छु’, डा. श्रेष्ठले भने ।

डा. श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन् ।

Views: 70

प्रतिक्रिया (०)