Aamsanchar

शनिश्चरे माविमा  लागूपदार्थ नियन्त्रण सम्बन्धी जनचेतना मूलक प्रशिक्षण

Author Image
बिहिवार, माघ २५, २०८०

अर्जुनधारा ।   झापाको अर्जुनधारा ७ स्थित  शनिश्चरे माविमा लागूपदार्थ तथा मादकपदार्थ नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण सम्पन्न भएको छ ।
आज (बिशिबार) विद्यालयका विद्यार्थी र सरोकारवाला पक्षहरूको सहभागितामा जनचेतना मूलक प्रशिक्षण सम्पन्न भएको हो ।

अनिस गिरी र मनिष गुरुङले सहजीकरण गरेको प्रशिक्षणमा बालबालिकाहरू दुर्व्यसनीको सिकार बन्दै गएरको, यस्तै दुर्व्यसनीहरू बढ्दै जाने हो भने कालान्तरमा व्यक्ति, परिवार र सिंगो समाज नै सङ्कटमा पर्ने हुँदा लागूपदार्थ र मादक पदार्थ बिक्री तथा ओसारपसार प्रतिवन्ध गरिनु पर्ने अन्तरक्रियाका सहभागीहरूले जोडदार माग राखेका थिए ।

लागूपदार्थ दुर्व्यसनीको लतमा कलिलो उमेरका बालबालिकाहरू फस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस विषय सँग समन्धी विद्यालय स्तरीय  जनचेतनामूलक कार्यक्रम गरिएको सहजकर्ता तथा युवा अगुवा गिरीले बताए  ।
झापामा  लागू औषध ओसारपसार तथा प्रयोगकर्ताको संख्या उच्च रहेको तथ्याङ्क सुनाउँदै गिरीले भने ‘ अर्जुनधारा नगर क्षेत्र अति उच्च जोखिममा रहेको छ । यस तर्फ नगरपालिका र नागरिक समाजले नियन्त्रणको  अभियान चलाउने पर्ने हुन्छ।’

भारतसँग खुला सीमा नाका नजिकै भएकोले लागूपदार्थ झापामा भित्रिने गरेको छ । कानुनी रुपमा अपराध सरह मानिएको लागूपदार्थ नियन्त्रण गर्न प्रहरी असफल सावित भएको छ ।
प्रहरीको जनशक्ति अभाव र नागरिक समाजले खबरदारी नगरेको कारण अवस्था जटिल बन्दै गएको छ । अब पनि लागूऔषध ओसार पसार र बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाउन नसके नेपालले भावी दिनमा सवल नागरिक पाउने अवस्था नरहने र यस्तो अवस्था आए राष्ट्रियता नै कमजोर हुने हुँदा सबै पक्षले लागूऔषध नियन्त्रणका लागि कदम चाल्नुपर्ने अर्का सहजकर्ता मनिष गुरुङको भनाई छ ।

लागूपदार्थ दुर्व्यसनीलाई दुर्वेशन मुक्त बनाउन तथा दुर्व्यसनी हुन नै नदिने  किसिमले कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग पु¥याउनु पर्ने, समाजका सरोकारवालाको  दायित्व रहेको  हुँदा जनचेतनामूलक कार्यक्रम स्कुल स्कुलमा आयोजना गर्न जरुरी रहेको विद्यालयकी शिक्षक तारा विश्वकर्माले बताइन ।

कार्यक्रममा  दुई सय भन्दा धेरै विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको सहजकर्ता गिरीले बताए ।

लागूपदार्थको सेवनले सेवन कर्ताको शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर लट्‌ठिने, उत्तेजित हुने, बरबराउने, उन्मुक्त हुने, शिथिल हुने जस्ता लक्षण देखिने  यस्ता लागूपदार्थ सेवन कर्ताले सेवन गर्न नपाए छटपटिने, रुने कराउने गर्दछन् । लागूपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो भनेर अन्तरक्रियामा सहजकर्ताहरूले सहभागीहरूलाई सुझाएका थिए ।

सुरज चौधरी, प्रविण राजवंशी, समिर धमला लगायत पू्र्व लागूऔषध प्रयोगकर्ताहरूको समुहले अन्य विद्यालयमा पनि पुगेर लागूऔषध नियन्त्रणका विषयमा विद्यार्थीहरूसँग अन्तरक्रियात्मक छलफल गर्ने  जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर