शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लालपानी माध्यमिक विद्यालयले उचालेको छ । लालपानी माध्यमिक विद्यालयले प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १ काश्य पदक प्राप्त गर्दै उपाधि उचालेको हो ।

त्यस्तै रनिङ शिल्ड प्रतियोगितामा झिलझिले माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । झिलझिलेमा माविले ७ स्वर्ण, २ रजत र ६ कास्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यस्तैगरी प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेको छ । विजेता हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई नगर उपप्रमुख नरमाया कार्की, सामाजिक विकास समिति संयोजक हर्क सिगु, शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की लगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।



रनिङ शिल्डको समापनका अवसरमा नेपाल रेडक्रस शिवसताक्षी उपशाखाको तर्फबाट रेडक्रस नृत्य प्रस्तुत गरिएको थियो । सामाजिक विकास समिति संयोजक हर्क सिगुको अध्यक्षतामा भएको थियो, भने रनिङ शिल्ड प्रतियोगिता भरीको कार्यक्रमको शिक्षक कमल भट्टराईले गरेका थिए ।

