विराटनगर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् ।
महासङघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको बन्द सत्रले नेपाल आगामी दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । विराटनगरको एमके पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनले महासङघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्ष द्धयपदमा उदयपुरका घनश्याम पोखरेल र सुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै मोरङका दिवाकर भट्टराई सचिव र मोरङका गौतम शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै झापाका टंकप्रसाद भट्टराई सहसचिव पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए ।

यस्तै सदस्यमा मोरङबाट नवीन रेग्मी, यतिराज पोखरेल, माधव बराल, परमानन्द सिंह, चुनामणि घिमिरे, जीवन लुइटेल र हेमा कुमारी घिमिरे निर्वाचित भएका छन् ।
सुनसरीबाट प्रदेश सदस्यमा जीवन लुइटेल, अनिल जोशी, मनोज कुमार यादव निर्वाचित भएका छन् । ताप्लेजुङबाट भुमा देवी पोखरेल र धनकुटाबाट युवराज निरौला निर्वाचित भएका छन् ।
यस अघिको उद्घाटन सत्र प्रदेश प्रमुख परशुराम खापुङ ले सरस्वतीको प्रतिमामा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेर भव्य उद्घाटन गरेका थिए । अधिवेसनको उद्घाटन गर्दे उनले कोशी प्रदेश पुस्तक तथा स्टेसनरी व्यवसायीको पक्षमा रहेको बताए । प्रदेश प्रमुख खापुङले व्यवसायीका यावत समस्या प्रदेश सरकारले बुझेको बताएका छन् । पुस्तक तथा स्टेसनरी व्यवसायीसँगको संवाद, छलफल र व्यवसायी संग सहकार्य गरेर व्यवसायीका मार्कालाई प्रदेश सरकारले सम्बोधन गर्ने उनले बताए ।

विद्यालय तहका शैक्षिक सामाग्रीको अबैध बिक्री बितरणमा पुर्णत प्रतिवन्ध लगाउन प्रदेश सरकार तयार रहेको उनले बताए । प्रदेशका कुनै पनि विद्यालयले विद्यालय हातामा शैक्षिक सामाग्रीको विक्री वितरण गरेको पाईए सरकारले नियमन गरि कार्वाही गर्ने पनि उनले बताए ।


अधिवेसनको बन्द सत्रमा सचिव माधव अधिकारीले महासङघको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गौतम शर्माले आर्थित प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम महासंङघका प्रदेश अध्यक्ष रन्जन शर्माको अध्यक्षतामा भएको थियो ।
यसैविच सो कार्यक्रममा ०२२ साल देखि नियमित पुस्तक तथा स्टेसनरी व्यवसाय गर्दे आएका झापा गौरिगञ्जका रुपक श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई सम्मान पत्र सहित प्रदेश प्रमुख खापुङले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

