Aamsanchar

शेयर बजारमा उच्च अङ्ककाे गिरावट

Author Image
मङ्गलवार, फागुन १, २०८०

काठमाण्डौ – हिजो १५ अङ्कले बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड २१ लाख कित्ता शेयर चार अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर