Aamsanchar

आज किसानले गरे हलो र गोरुको पूजा

Author Image
बुधवार, फागुन २, २०८०

काठमाण्डौ – वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको शुरुवात मान्दै हलो र गोरुको पूजा गर्छन् । किसानले घरका आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलो एवम् गोरुलाई नुहाइ नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा पनि गरेका छन् ।

जलेश्वर नगरपालिका–८ का किसान आशनारायण मण्डलले हलो र गोरुको पूजा गरिसकेपछि खेतमा लगेर एकछिन खेतबारी जोत्ने चलन रहेको बताउनुभयो । किसानले आजकै दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर