Aamsanchar

माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च

Author Image
बुधवार, फागुन २, २०८०

काठमाडौं –चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च भएको छ । पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार पाँच हजारले बढेको छ ।

भूमि विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ५० हजार ९२१ भन्दा बढी लिखत पारित भएको छ । पुस महिनामा ४५ हजार २७५ लिखत पारित भएको थियो । कारोबारसँगै राजस्व पनि बढेको छ ।

घरजग्गा कारोबारमार्फत सरकारले माघमा तीन अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैयाँ राजस्व संकलन भएको छ । पुस महिनामा तीन अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर