कनकाई नगरपालिका स्थित सुस्त मनस्थिती सरोकार समाजको कार्यालयमा ११ औ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर आयोजना गरेको बिविध कार्यक्रम पछि बसेको जिल्ला समितिको बैठकले व्यवसायी वा गैह्र व्यवसायी मार्फत विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरेको पाईए पहिलो पटक १० हजार र त्यसपछि पटकै पिच्छे साविकको जरिवानामा दोव्बर जरिवाना गर्ने नियम बनेको महासङघ झापाका बरिष्ठ उपाध्यक्ष सुमन खनालले बताए ।
विद्यालय हातामा कुनैपनि शैक्षिक सामग्री बिक्री बितरण गर्न नपाउने कानुनी प्रावधान छ । विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री बितरण गरेको पाईएका ति बस्तुको जफत गरि स्थानीय तहमा बुझाउने र विद्यालयलाई विभागिय कार्वाहीका लागि नेपाल सरकारका निकायमा पत्राचार गर्ने पनि निर्णय भएको महासङघ झापाले जनाएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरीको सदस्यता लिन वा नविकरण गर्न छुटेका व्यवसायीको हकमा फागुन मसान्त सम्मको समय सिमा थप भएको छ । साविकको शुल्कमा विलम्ब शुल्क बुझाएर व्यवसायीक फर्म दर्ता वा नविकरण गर्न सकिने महासङघ झापाले जनाएको छ ।
यस्तै महासंङघले पुस्तकको अंकित मुल्यमा खुद्रा विक्रेताले पाउदै आएको सुविधा बृद्धि गर्न गराउनका लागि लिखित रुपमा पहल गर्ने निर्णय गरेको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको केन्द्रिय समिति, प्रदेश समिति, प्रकाशक संङघ र प्रकाशन गृहलाई लिखित रुपमा आग्रह गर्ने निर्णय भएको छ । झापाले पाउदै आएको सुविधा कटौती भएको विषयमा व्यवसायी व्यवसायी बिच गम्भिर समिक्षा पनि भएको थियो । आगामी शैक्षिक सत्र देखि पाठ्यपुस्तकको खरिद बिक्रीमा नगदको कारोवार हुने पनि निर्णय भएको छ ।
गएको माघ १२ गतेको पाठ्यपुस्तकका अधिकृत विक्रेता, बजार प्रतिनिधि र खुद्रा बिक्रेताको संयुक्त भेलाले पाठ्यपुस्तकको खरिद बिक्री वितरणलाई मर्यादित, व्यवस्थित र सहज रुपमा अगाडी बढाउन केही नीतिगत निर्णयका लागि कार्यदल गठन गरेको थियो ।
महासङघ झापाका सल्लाहकार समितिका संयोजक फडिन्द्रराज न्यौपानेको संयोजकत्वमा पाँच सदस्य कार्यदलको फागुन १ गते बसेको बैठकले ८ बुदे निर्णय गरेर महासंघ झापामा बुझाएको थियो । कार्यदलको निर्णयलाई महासङघ झापाको बुधबार बसेको बैठकले अनुमोदन गरि प्राप्त निर्णयलाई कार्यान्वयन गर्ने महासङघ झापाले निर्णय गरेको छ ।
यसैबिच ११ औ राष्ट्रिय पु्स्तक दिवसको अवसर पारेर नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाले कनकाई १ स्थित सुस्त मनस्थिती सरोकार समाजका १५ जना अपाङग बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको छ । उनिहरुलाई महासङघले पाठ्यपुस्तक, शैक्षिक सामाग्री, खेलौना, खाद्यन्न लगायतका बस्तु प्रदान गरेको छ ।
महासंङघ झापाले सुस्त मनस्थिती सरोकार समाजलाई नेपालको राष्ट्रिय झन्डा पनि प्रदान गरेको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंङघ कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्ष जीवन प्रसाद नेपाल, उपसचिव टंक भट्टराई र सदस्य सुरेन्द्र दाहाललाई सम्मान सहित बधाई ज्ञापन गरिएको छ । नगर प्रमुख पोख्रेलले तीनै जनालाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान गरेका हुन ।
नगर प्रमुख पोख्रेलले स्थानीय तहका व्यवसायीको अधिकार संरक्षण गर्न कनकाई नगरले कुनैपनि कसुर बाँकी नराख्ने बताए । ‘नगरपालिकाले गर्ने हरेक सहयोग बैधानिक हुन्छ । कानुन भन्दा बाहिर नजाने प्रकृतिको सहयोग गर्न नगरपालिका सधै तत्पर छ,’ उनले भने ।
महासङघ झापाका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासङघका केन्द्रिय सदस्य रविन बराल, कोशी प्रदेश अध्यक्ष जीवन प्रसाद नेपाल, पुर्व केन्द्रिय सदस्य फडिन्द्रराज न्यौपाने, सल्लाहका समितिका सदस्य पुष्पराज प्रसाईँ लगायतको सहभागिता थियो । महासंघ झापाका सदस्य दुर्गा प्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रमको सहजिकरण सचिव चुडामणि घिमिरेले गरेका थिए ।