Aamsanchar

इष्टर्न सहारा ले ३० लाख कित्ता आईपीओ जारी गर्ने 

Author Image
शुक्रवार, फागुन ४, २०८०

झापा । झापाको बिर्तामोड स्थित चारपानेमा रहेको इष्टर्न सहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता १०० रुपैयाँको दरले ३० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस सम्बन्धमा फागुन १ गते क्यापिटलको रजिस्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा कम्पनी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

२०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न सहारा कम्पनी लिमिटेडको लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा रहेको छ ।
कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सिङलाई प्रोमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ । हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोबाइल्स, सौर्य ऊर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।

बैंकिङ, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरू, ख्याति प्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरूको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रीन फाइनान्सिङमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
2
+1
1
+1
1
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर