Aamsanchar

राजवंशी समाज विकास समिति बिर्तामोड नगरमा नयाँ कार्यसमिति

Author Image
आइतवार, फागुन ६, २०८०

बिर्तामोड । राजवंशी समाज विकास समिति बिर्तामोड नगर अधिवेशन शनिबार साँझ सम्पन्न भएको छ । नगर अधिवेशनले स्थानीय युवा देवीप्रसाद राजवंशीको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको छ ।

नवगठित नगर समितिको उपाध्यक्षहरुमा रमेश राजवंशी र जमुना राजवंशी, सचिवमा राजेश राजवंशी, सहसचिवमा सुवास राजवंशी र कोषाध्यक्षमा निलम राजवंशी चयन भएका छन् । नगर समितिको सदस्यहरुमा पञ्चानन राजवंशी, डिल्ली राजवंशी, मुक्ति राजवंशी, किरणदेवी राजवंशी, हरि राजवंशी, हँश राजवंशी, बिकी राजवंशी, दिलिप राजवंशी, करण राजवंशी र जयप्रसाद राजवंशी चयन भएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । समाजका जिल्ला अध्यक्ष नौतली राजवंशीको अध्यक्षता तथा आदिवासी जनजाति महासंघ जिल्ला सहसचिव कृष्ण माझीको प्रमुख आतिथ्यतामा नगर अधिवेशन सम्पन्न भएको थियो ।

नगर अधिवेशनमा बिर्तामोड नगरपालिकाको साविकका तीन वटा गाविसहरु अनारमनी, चारपाने र गरामनी गाविसका राजवंशी जग्गा दाता परिवारलाई सम्मान गरिएको थियो । सो क्रममा स्वर्गिय मण्डालाल राजवंशीका सुपुत्र समाजसेवी भूपेन्द्र सिंह राजवंशी, रितनबारी सिनान घाटका जग्गा दाता स्वर्गिय रितन राजवंशीका छोराबुहारीहरु, स्वर्गिय सतानुसिंह राजवंशीका परिवारबाट बयोवृद्ध हिरालतादेवी राजवंशी, दुर्गालाल राजवंशीलगायत दातालाई सम्मान गरिएको थियो ।

अधिवेशनमा कोच राजवंशी संग्रहालयका संस्थापक अध्यक्ष प्रेमप्रसाद राजवंशी, संग्रहालयका सचिव जयप्रसाद राजवंशी, संग्रहालयका जग्गादाताहरु खगेन्द्रप्रसाद राजवंशी, राजेन्द्रप्रसाद राजवंशी, सूर्यप्रसाद राजवंशी, नेकपा माओवादी प्रदेश सचिवालय सदस्य डिल्ली घिमिरे, आदिवासी जनजाती संघर्ष समितिका कचनकवल अध्यक्ष कर्णबहादुर राजवंशी, रासविस केन्द्रिय कार्यालय भवनका जग्गा दाता धनन्जय प्रसाद राजवंशी, केन्द्रिय उपाध्यक्ष मोहन राजवंशी, केन्द्रिय महासचिव राजासाहेब राजवंशी, केन्द्रिय कोषाध्यक्ष अनिल कुमार राजवंशी, केन्द्रिय सदस्य नारायण राजवंशी, मोरङ जिल्ला अध्यक्ष रमेश कुमार राजवंशी, झापा जिल्ला उपाध्यक्ष विनिता राजवंशी, झापा सचिव तथा धर्म संस्कार विकास समिकिा अध्यक्ष देवचरण राजवंशी, कोषाध्यक्ष वैजनाथ सिंह राजवंशी, झापा जिल्ला सदस्यहरु टेनुलाल राजवंशी, तिर्थ राजवंशी, साजर राजवंशी, दिपेश राजवंशी, सुष्मा राजवंशी, भारत दार्जिलिङ जिल्लाका सहसचिव अभिजित सिंह, कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष हंश नारायण राजवंशी, बाह्रदशी राजवंशी समाजका अध्यक्ष राजु चौधरी राजवंशी, धर्म संस्कार उपाध्यक्ष सतलाल राजवंशी, धर्म गुरु रुपलाल राजवंशी, धर्मगुरु चमनलाल राजवंशी, राजवंशी चलचित्रकर्मी संघका अध्यक्ष होमनारायण राजवंशी, हिमालयन डेन्टल विर्तामोडका दन्त चिकित्सक देवचरण गिरी लगायतको आतिथ्यता रहेको थियो । नगर अधिवेशन राजवंशी समाज विकास समितिको २०७५ सालमा संशोधित विधान अनुसार सम्पन्न गरेको केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर