Aamsanchar

अनलाइन सोफाको सोरुम बिर्तामोडमा पनि 

Author Image
आइतवार, फागुन ६, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा अनलाइन सोफा बिर्तामोडले विभिन्न घरायसी तथा कार्यालय कक्षको लागि आवश्यक पर्ने फर्निचर सामाग्रीहरू बिक्री सुरु गरेको छ ।

‘कम नाफा, धेरै बिक्री’ भन्ने व्यवसायिक योजना बनाएर सुरु गरिएको अनलाइन सोफा काठमाडौंमा लोकप्रिय फर्निचर सप्लायर्समा पर्छ । आफैं फर्निचरहरू उत्पादन गरेर सो रुम मार्फत र अनलाइन अडर अनुसार फर्निचर सामानहरू बिक्रीका लागि बिर्तामोडमा शाखा खोलिएको शाखा प्रमुख खड्क थापाले जानकारी दिए ।

बिर्तामोडको सिटी सेन्टर उत्तर किरात चोक जाने बाटोको करिव दुईसय मिटर दूरीमा रहेको छ अनलाइन सोफाको सोरुम  ।

अनलाइन सोफामा उच्चस्तरीय  आधुनिक डिजाइनका भिजिटर, टुटुवान, भिनियस, कर्नर, यूसेभ, एल सोफाहरू उपलब्ध रहेको छ । त्यसैगरी काठद्वारा निर्मित दराज, डायनिङ टेबल कुर्सी, सुट र्याक, टिभी तथा किचन सोकेसहरु पनि उपलब्ध रहेको थापाले जानकारी दिए ।

१५ हजार देखि १ लाख १० हजार मूल्य सम्मका सोफाहरू बिक्रीका लागि राखिएको छ ।

५ वर्षको वारेन्टी  र सोरुम देखि ४० किलो मिटर दूरी सम्म फ्रि डेलिभरीको पनि सुविधा अनलाइन सोफाले उपलब्ध गराएको छ ।

आजबाट औपचारिक बिक्री सुरु भएको सो मबाट यस अघि एक महिनाको अवधीमा २० लाख रुपैयाँ को फर्निचर सामानहरू बिक्री भइसकेको बताइएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर