

काठमाण्डौ – सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Views: 89

