काठमाण्डौ – प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रवेश गर्न नदिएको भन्दै पत्रकारहरुले क्यामरा डाउन गरेका छन् ।
आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा भित्र जान नदिएको उनीहरुले बताएका छन् ।
प्रवेश नदिएसँगै पत्रकारहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका हुन् । सूचना तथा प्रसारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि विरोध जनाइएको उनीहरुले बताएका छन् ।
विक्रम संवत् २००७ साल फागुन ७ गते १ सय ४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भइ नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनुभएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 52