Aamsanchar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ

Author Image
मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनी सोमबार राति पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अर्धठोस सुन ८५५ ग्राम बरामद गरेको छ ।

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन फेला परेपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय बुझाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर