Aamsanchar

अर्जुनधाराबाट ब्राउनसुगरसहित चारजना पक्राउ, पक्राउ पर्ने मध्ये तीन जना एकै परिवारका

Author Image
मङ्गलवार, फागुन ८, २०८०

झापा- झापाको अर्जुनधारामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकै परिवारका तीनसहित चारजना पक्राउ परेका छन् ।

गएराति सवा ८ बजेको समयमा अर्जुनधारा वडा न. ११ मा सोही ठाउँ बस्ने वर्ष ३७ की शोभा श्रेष्ठले ब्राउनसुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टाबारी र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शोभा श्रेष्ठलाई उनकै घर कोठामा फेला पारी खानतलासी गरेको थियो ।

त्यसक्रममा उनको साथबाट ५५० मिलिग्राम ब्राउनसुगरका ३ वटा पोका, घर कोठाभित्र बिभिन्न मोडलका पुराना मोवाईल ११ थान, नगद ३७ हजार , पुराना घडी ४ थान फेला परेको थियो । सो घरको कोठाभित्र शोभा श्रेष्ठसँगै उनका छोरा बर्ष १९ का गोबिन्द श्रेष्ठ, शोभा श्रेष्ठकी बुहारी बर्ष १८ की सन्ध्या चौधरी श्रेष्ठ र ईलाम सन्दकपुर वडा नं. ४ बस्ने बर्ष २४ की पल्लबी गुरुङ समेतलाई नियन्त्रणमा लिई ईप्रका अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर