काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।

उपकुलपति सिफारिस समितिको सिफारिस अनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् ।

उपकुलपति सिफारिस समितिले तीनजनाको सिफारिस गरेकोमा प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गरेका हुन् ।
Views: 147

