Aamsanchar

जीवन शैली : ‘अधिकांश मानिसलाई थाहा भएको, तर अमलमा ल्यान नसकेको वैज्ञानिक तथ्य हो’

Author Image
आइतवार, फागुन १३, २०८०

स्वास्थ्य समस्या नै जीवनको सबैभन्दा ठूलो समस्या हो । त्यो ’अबगकभ मानिसको शान्ति, आनन्द र खुसी, उसको आचारविचार, जनसम्पर्क तथा जीवनको उपलब्धी, उपर्युक्त सबै कुरा तथा मानिसको जीवन स्वयं नै स्वास्थ्यमा निर्भर रहन्छ ।

जीवनमा सफलता र समृद्धि प्राप्तिका लागि मात्र होइन कि आनन्दपूर्वक बाँच्नका लागि पनि स्वस्थ मन र निरोगी शरीर हुनु अति नै आवश्यक छ । अस्वस्थ मन र रोगका जीवाणुले खाएको जीर्ण शरीरले जीवनमा के नै गर्न सक्दछ र ? त्यसैले त मानिसको जीवनमा स्वास्थ्यको सर्वाधिक महŒव छ । वास्तवमा स्वास्थ्य सफल जीवनको जग नै हो ।

तर, विश्वले नबुझेको वा स्वास्थ्यलाई व्यापारीकरण गर्न बुझेर पनि बुझ पचाएको तथ्य के भने स्वास्थ्य औषधि र अस्पतालमा होइन, प्राकृतिक आहारबिहारमा छ, मानिसको आफ्नै हातमा छ । आयुर्वेदले त प्रष्टसँग नै भनेको छ, ‘आहारबिहार ठीक भएन भने औषधिले पनि काम गर्दैन, आहारबिहार ठीक भयो भने औषधि आवश्यक नै पर्दैन ।’ यो अधिकांश मानिसलाई थाहा भएको, तर अमलमा ल्यान नसकेको वैज्ञानिक तथ्य हो ।

एकपटक यो दृश्य कल्पना गरौं त ! पहाडको काखमा, हिमालबाट झरेको सफा र सुन्दर नदी किनार एउटा रमणीय गाउँ छ । गाउँवरिपरि जंगल छ । गाउँका घर काठ र खरले बनेका तथा गाईको गोबर र माटोले पोतेका छन् । मानिसले घरघरमा गाईवस्तु पालेका छन् । भोजनका लागि आफैं खेतीपाती गर्छन् ।

गाउँमै प्रांगारिक मल हालेर उब्जाएको खाद्यपदार्थ तथा जंगली कन्दमूलबाहेक अहिलेको बजारमा पाइनेजस्तो कुनै पनि औद्यौगिक खाद्यपदार्थ प्रयोग गर्दैनन् । गाउँलेमा कुनै रिसराग तथा आपसी प्रतिस्पर्धा छैन । धनसम्पत्ति जोडेर धनी हुने इच्छा पनि कसैको छैन । बिहान कुखुराको बासमा उठ्छन् । दिनभर आ–आफ्नो काम खुब मेहनत गर्छन् । उकालो–ओरालो गर्छन् । रुखबाट ताजा फलपूmल टिपेर खान्छन् । साँझ चराुचरुंगीसँगै घर फर्किन्छन् । दाउराको आगोमा पकाएको खाना खान्छन् । अनि राती चैनको निद सुत्छन् ।

के यस्तो गाउँका मानिस कब्जियतबाट पीडित हुन सक्छन् ? अपच, ग्यास्टिक, अल्सर तथा क्यान्सरबाट पीडित हुन सक्छन् ? मोटोपनले ग्रस्त हुन सक्छन् ? मधुमेह, थाइरोडिज्म, बाथ, दम, मुटुको रोग, रक्तचाप, लिभर सिरोसिस, मिर्गौलाको रोग तथा पाइल्स आदिको शिकार हुन सक्छन् ? दाँत दर्द, कान दर्द तथा शिर दर्दका कारण टाउको समाएर बस्छन् ?
के यिनीहरूलाई चिन्ता तथा डिप्रेसनले जिउँदो लास बनाउन सक्दछ ?

पक्का पनि सक्दैन । यसमा दुई मत छैन । यस उदाहरणबाट मानिसको स्वास्थ्यमा प्राकृतिक आहारबिहारको कति ठूलो महŒव रहेछ ? भन्ने प्रष्ट हुन्छ । वास्तवमा मानिसको स्वाभाविक र प्राकृतिक आहार भनेको प्रकृतिबाट सिधैं प्राप्त हुने खाद्यपदार्थ हुन् । त्यसैले रोगबाट मुक्त हुन र स्वस्थ रहन मानिसको आहारबिहार प्राकृतिक हुन अनिवार्य छ । यसको कुनै विकल्प छैन ।

प्रकृतिको काखमा रहेका अन्न, फलफूल तथा जल नै मानिसका प्राकृतिक आहार हुन् । तर हिजोआज मानिसले ती प्राकृतिक आहारको गुण नै बिग्रने गरी प्रशोधित र रिफाइन्ड गरिएका खाना, कृत्रिम रंग एवं रासायनिक पदार्थ मिसाइएका खाद्यपदार्थ प्रयोग गर्ने गरेका छन् । जसलाई आधुनिक आहार शैली र सभ्यताको परिचय दिनसमेत पछि परेका हुँदैनन् । स्वास्थ्य समस्या यहीँबाट सुरु भएको हो ।

के प्राकृतिक मकैले दिने फाइदा प्याकेट बन्द कर्न फलेक्सले दिन्छ ? पक्नै दिँदैन । उल्टो बेफाइदा गर्छ । शुद्ध गहुँको पिठोमा रहेको प्राकृतिक गुण ओटमिलमा पक्कै हँुदैन । ताजा फलफूलमा पाइने भिटामिन प्रशोधन गरेर र अनावश्यक चिनीको मात्रा मिलाएर तयार पारिएका जुसमा अवश्य पाइँदैन । आजका सबै बजारिया खाना यस्तै प्रशोधित र रासायनिक तŒव मिसिएका हुन्छन् । विज्ञापनले खिचिसकेको छ मानिसको आहारलाई र पछाडि पारिदिएको छ स्वास्थ्यलाई । यही कारण नै मानिसलाई अनेक रोगले गाँजेको छ । त्यसैले मानिस स्वस्थ रहन प्रकृतितिर नफर्की हुँदैन ।

प्रकृतिको न्यानो काखले मानिसको सुख र स्वास्थ्य पर्खिरहेको छ । त्यसैले यदि तपाईं अपच, ग्यास्टिक, अल्सर, मोटोपन, मधुमेह, थाइरोडिज्म, बाथ, दम, मुटुको रोग, रक्तचाप, फ्याटि लिभर, मृर्गौलाको रोग, पाइल्स, कमर दर्द, शिर दर्द, अनुहारको दागधब्बा, कालोपोतो, डण्डीफोर, पाठेघरको समस्या, यौन समस्या, थकान, चिन्ता तथा डिप्रेसन आदि कुनै पनि शारीरिक तथा मानसिक दीर्घरोगबाट पीडित हुनु भएको छ भने आजैबाट प्राकृतिक आहारबिहार सुरु गर्नुहोस् । तीन महिनामै यस्ता रोगबाट मुक्त हुन सक्नु हुनेछ । हजारौं मानिसले यसरी नै आफ्नो आहारबिहारमा परिवर्तन गरेर यस्ता रोगबाट मुक्त भएको उदाहरण छन् ।

तर, प्राकृतिक आहार सेवन शुभारम्भ गर्नुअघि शरीरभित्र वर्षौं वर्षदेखि थुप्रिएका अप्राकृतिक खाद्यपदार्थका टक्सिन सफा गर्न आवश्यक हुन्छ । जस्तो कि झुक्किएर पेट्रोलका गाडीमा डिजल हालियो भने पहिला गाडीबाट डिजल निकाल्नुपर्छ । अनि पेट्रोल हाल्नुपर्छ । उपवास, मालिस, कुजल तथा एनिमाद्वारा शरीर सफा गरेपछि निम्न चार गुण भएका प्राकृतिक आहार सुरु गर्नुपर्छ । अमृत खाद्यपदार्थ (लिभिङ फुड) । सम्पूर्ण खाद्यपदार्थ (होलसम फुड) । वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) । रसद्वार खाद्यपदार्थ (वाटररिच फुड) ।

कुनै पौष्टिक तत्व नभएको मृत औद्योगिक खाद्यपदार्थ मानिसको स्वाभाविक आहार होइन, प्रकृतिबाट सिधैं प्राप्त हुने, नमरेका अमृत खाद्यपदार्थ (लिभिङ फुड) नै मानिसको स्वाभाविक आहार हो । अमृत या नमरेका खाद्य पदार्थ भन्नाले प्राण भएका खाद्यपदार्थ हुन्, जो उर्मिन सक्छन् । जस्तो चना, आलु तथा केराउ आदि । तर, बिस्कुट तथा चाउचाउ उर्मिन सक्दैनन् ।

बिस्कुट, चाउचाउ तथा कुरकुरेजस्ता मृत औद्योगिक खाद्यपदार्थले शरीरमा टक्सिन बढाएर मानिसलाई बिरामी बनाउँछन् भने गेंडागुडी, फलपूmल तथा सागपातजस्ता प्राण भएका अमृत पदार्थले शरीरलाई ऊर्जा दिन्छन्, पोषण दिन्छन्, शरीरबाट रोगलाई खेद्छन् । त्यसैले आजैबाट बिस्कुट तथा चाउचाउको ठाउँमा नरिवल वा फलपूmल खानुहोस् । कोल्डड्रिंक्सको ठाउँमा मही, लस्सी, नरिवलको पानी वा कागती पानी खानुहोस् । दालमोठको ठाउँमा फलपूmल र सागपातको सलाद खानुहोस् ।

त्यस्तै, स्वस्थ रहन तथा रोगबाट मुक्त हुन सम्पूर्ण खाद्यपदार्थ (होलसम फुड) खानुपर्छ । मानिसले गल्ती गर्न सक्छन् । तर प्रकृतिले कहिल्यै गल्ती गर्दैन । मानिसले चिनी बनाएका छन् । तर प्रकृतिले उखु, मकै तथा खजुर बनाएको छ । त्यसैले राइस होइन, ब्राउन राइस, चिनी होइन, भेली, आलु चिप्स होइन, आलु, पाउरोटी होइन, सुक्का रोटी, पकौडा होइन, अंकुरित चना आदि खाने गर्नुहोस् ।

माछामासु मानिसको स्वभाविक आहार होइन । मानिसको शरीरको बनोट, दाँत, नङ्ग्रा, छाला, आन्द्रा र पाचन क्रियाका कुनै पनि अंग मांसाहार पचाउन सक्ने प्रकृतिका नै छैनन् । मांसाहारका फाइदाभन्दा बेफाइदा धेरै हुँदाहुँदै पनि स्वादका कारण माछामासु त्याग्न सकेको छैन मानिसले । मांसाहार सेवन बढ्नाले नै हृदयघात, कोलेस्ट्रोल, उच्च रक्तचाप, आन्द्राको क्यान्सर, मानिस क्रोधी, स्वार्थी एवं हिंस्रक बन्दै जानु र अस्तव्यस्त एवं तनावपूर्ण देखिनु आदि लक्षण बढ्दै गएको पाइन्छ । मासु मात्र होइन, दूध र दुग्धजन्य पदार्थ पनि मानिसलाई फाइदाजनक छैन ।

एक त अहिले शुद्ध दूध नै पाइँदैन, अर्को कुरा दूध बालक, श्रमिक तथा खेलाडीका लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओखर, गाईभैंसीको दूधको ठाउँमा नरिवल तथा भटमासको दूध सेवन गर्नु राम्रो हुन्छ ।

मानिसको शरीरमा ६० प्रतिशत पानी छ । बाँकी ४० प्रतिशत हाडमासु आदि छन् । त्यसैले मानिसले सेवन गर्ने ६० प्रतिशत फुड्स रसदर हुनुपर्छ भने ४० प्रतिशत कम रस भएका अन्न हुनुपर्छ । यस धरतीमा पानीको मात्राको हिसाबमा दुई थरिका फुड्स छन्, रसदार फुड्स र कम रस भएका फुड्स ।

खरभुजा, मेवा, कागती, सुन्तला, अंगुर आदि फलफूल  तथा टमाटर, सागपात, काँक्रो, लौका, फर्सी आदि भेजिटेबल्स रसदार फुड्स हुन् भने चामल, गहँु, मकै, गेंडागूडी तथा नट्स रस कम भएका फुडस हुन् । तर अहिले मानिसले रसदार खाद्यपदार्थ (वाटररिच फुड) निकै कम र रस कम भएका पदार्थ बढी खाने गर्छन् । यो गलत हो । त्यसैले यस्ता अप्राकृतिक जीवनशैलीलाई हटाइ प्राकृतिक जीवनशैली अपनाउने हो भने मानिस शारीरिक रूपमा मात्र होइन कि मानसिक रूपमा समेत स्वस्थ र शक्तिशाली बन्न सक्दछ । राजधानीबाट साभार गरिएको ।

(लेखक साइकोेथेरापिस्ट हुन् )

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर