Aamsanchar

कोसी प्रदेशका मुख्यमन्त्री २०० किलोमिटर पदयात्रा गरी उदयपुरमा

Author Image
सोमवार, फागुन १४, २०८०

सुनसरी – चार जिल्लामा २०० किलोमिटर पदयात्रा गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की उदयपुर आइपुगेका छन् । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविकमार्गमा ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरिएको थियो ।

यसक्रममा कार्कीले झापा, इलाम, मोरङ र सुनसरीका विभिन्न वनक्षेत्र तथा बस्तीमा अवस्थित हात्ती जैविकमार्ग हुँदै  गरे । पदयात्रा टोलीका प्रतिनिधि सोमबार सुनसरीको कोसीटप्पु क्षेत्र हुँद उदयपुर पुगेका हुन् । टोली कोसी नदी तरेर भागलपुरतर्फ अघि बढेको छ ।

मुख्यमन्त्री कार्कीले आफू जनताका समस्या बुझ्न र समाधानका उपाय पहिल्याउन पदयात्रामा निस्किएको बताए । “म आफैँ जनताको समस्या बुझ्न घरदैलोमै आएको छु । हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो,” उनले भने ।

प्रदेशको आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रका निम्ति विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । उक्त पदयात्रा उदयपुरको बेलसोत पुगेर सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर