Aamsanchar

प्रजापतिको काँशी चोकस्थित सिद्धेश्वर शिवालयमा महायज्ञ

Author Image
बुधवार, फागुन १६, २०८०

दुर्गापुर। झापाको कनकाई–१ प्रजापतिस्थित सिद्धेश्वर शिवालय मन्दिर (काँशीचोक) मा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी गरिएको छ ।
उक्त मन्दिरको दैनिक पाठपूजा तथा सञ्चालनका लागि अक्षयकोष स्थापना र मन्दिरको भौतिक स्तरोन्नतिका लागि यही फागुन १९ गतेबाट महायज्ञ आयोजना गर्न लागिएको मुल समारोह समितिका अध्यक्ष कपिलमणि अधिकारीले जानकारी दिए ।

महाशिवरात्रीको अवसर पारी आयोजना गर्न लागिएको महायज्ञ अन्तर्गत पाठ परायण, कथा प्रवचन, धनधान्याञ्चल तथा तुलादान, चर्चित कलाकारहरुबाट देवलीला तथा झाँकी प्रस्तुत हुने समितिका सचिव तिलचन रिजालले बताए । उक्त महायज्ञमा सहभागी भई कथा श्रवणका साथै सहयोग गर्न आयोजक समितिले अपिल गरेको छ ।

महायज्ञमा कथा भुषण आचार्य पण्डित पुण्यप्रसाद गुरागाँई प्रमुख कथा वाचक र युवा पण्डित सुवास ढकाल उपवाचक रहने प्रचार समिति संयोजक दिपेश रिमालले जानकारी दिए । महायज्ञको उद्घाटन १९ गते शनिबार बिहान संघीय संसदका सभामुख देवराज घिमिरेले गर्ने बताइएको छ ।

साविक सुरुङ्गा गाविस हाल कनकाई–१ को उत्तरी भागमा परापूर्व कालमा प्रजापति नाम गरेका ऋषिले तपस्या गरी अलप भएको भन्ने पूर्वजहरुको भनाइ अनुसार सो ठाउँको नाम प्रजापति रहन गएको किंवदन्ती छ । प्राकृतिक दृष्टिले पनि अत्यन्त रमणीय उक्त ठाउँमा विभिन्न जातजातिका मानिसहरुको बसोबास रहेको छ ।

स्थानीयबासी काँशीनाथ भट्टराई र श्रीमती देवमायाको स्मृतिमा भट्टराई परिवारले एक कठ्ठा जग्गादान गरी ०६७ सालमा सिद्धेश्वर शिवालय मन्दिर निर्माण गरिएको थियो । भट्टराईका छोरा नरेन्द्रप्रसादले जग्गा उपलब्ध गराएका थिए भने अर्का छोरा चेतनाथले मन्दिर निर्माण गरिदिएको बताइएको छ ।

मन्दिर स्थापनापछि दैनिक पाठपूजा र व्यवस्थापनका लागि किर्तन मण्डलीको सक्रियतामा काम हुँदै आएको छ । संस्थालाई विधिवत् दर्ता गरी सञ्चालनको प्रक्रियामा अघि बढाइएको बताइएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर