

मकवानपुर –मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको छ । हिजो दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उहाँ गम्भीर घाइते हुनु भएको थियो ।

उहाँलाई हेटौँडामा उपचार हुन नसकी भरतपुर लगिएको थियो । चिवतन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान उहाँको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
Views: 82


