Aamsanchar

कुवेत भन्दै श्रीलंका पुर्‍याई युवती बेच्ने पक्राउ, बन्धक बनाइएकी युवतीको उद्धार

Author Image
बिहिवार, फागुन १७, २०८०

अन्नपूर्णपाेष्ट

काठमाडौं – कुवेत भन्दै श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नवलपरासी पश्चिम घर भएका ४७ वर्षीय मदुला भन्ने मुर्तुजा मियालाई मंगलबार नयाँ बसपार्कबाट पक्राउ गरेको हो।

उनले पीडित परिवर्तित नाम २६ परिसर (प)लाई विभिन्न प्रलोभन देखाएर साढे ७ वर्षअघि भारत हुँदै श्रीलंका पुर्‍याएका थिए। घरको आर्थिक अवस्था कमजोर भएकी पीडित युवतीलाई कुवेतमा मासिक २०-२२ हजार रुपैयाँ तलब पाइने प्रलोभन देखाएर विसं २०७२ जेठ १५ गते सुनौली हुँदै नयाँ दिल्ली पुर्‍याएका थिए। त्यहाँबाट भारतीय एजेण्टले १० दिनको भिजिट भिसामा श्रीलंका पुर्‍याएका थिए। श्रीलंकाको कोलम्बोमा बुद्धको दर्शन गर्न आएको सिकाएर पठाएको पीडितको भनाइ छ।

कोलम्बो पुगेपछि श्रीलंकन मूलको एजेन्टले पीडितलाई बन्धक बनाएका थिए। बन्धक बनाइएको ठाउँमा ठूलो संख्यामा महिलाहरू रहेको र त्यहाँ ६८ दिनसम्म राहदानीलगायतका कागजातहरू जफत गरि शारीरिक, मानसिक यातना दिएको पीडितले प्रहरीसँग भनेकी छन्।

 

व्युरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले पक्राउ परेका मियालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। घटनामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर